वरमाला सक्किएपछि दुलहीले दुल्हा अशिक्षित भन्दै जन्ती फिर्ता पठाईन् र लिइन् यस्तो निर्णय !

एजेन्सी, भारतको विहारमा एक दुलहीले दुलहा अशिक्षित भएको भन्दै जन्ती फिर्ता पठाइदिएको छिन् । मार्च १३ तारिकको दिन वरमाला सम्पन्न भैसकेको उक्त विवाहमा दुलहीका साथीहरु दुल्हासंग कुराकानी गरिरहेका थिए ।

कुराकानीको क्रममा दुल्हा अशिक्षित भएको शंका लागेपछि उनीहरुले दुल्हालाई १०० को दश नोट गन्न दिए । तिन पटकको असफल प्रयास पश्चात दुल्हा अशिक्षित भएको पत्ता लागेपछि दुलहीले हिम्मत देखाउँदै विवाह अस्वीकार गरेर जन्ती फिर्ता पठाईदिइन् ।

विवाहमा आएका धेरैले उनको प्रशंशा गरे । त्यहि मध्य एकले उनको हिम्मतको कदर गर्दै आफ्नो पढे-लेखेको छोरासंग विवाहको प्रस्ताव गरे । दुलहीले उक्त प्रस्ताव स्वीकार गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया