काठमाडौँ, सरकारले केहि समय अघि २० वर्ष पूराना यात्रुबाहक सवारी साधन विस्थापित गर्ने नियम बनाएको थियो । यस बारे पहाडी क्षेत्रका व्यवसायीहरुले विरोध गर्दै आएका थिए ।
सरकारले ल्यान्डरोभर गाडीलाई भने यस नियममा छुट दिने बुझिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै ल्याण्डरोभरलाई २० बर्षे मापदण्ड लागु नहुने जनाएको छ ।
काठमाडौं तथा पोखरा महानगर बाहेकका पहाडी जिल्लामा चलिरहेका त्यस्ता गाडी २० वर्ष पूराना भएपनि चल्न पाउने मन्त्रालयको सुचनामा उल्लेख छ ।







