लोडसेडिङ ब्युँताउने खेल सुरु भयो उज्यालो नेपाल अभियानमा डिस्टर्ब भैरहेको छ : कुलमान घिसिङ !

फाइल फोटो

काठमाडौँ, सोमबार प्राधिकरण कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुलमान घिसिङले नेपालमा फेरि लोडसेडिङ ब्युँताउने खेल सुरु गरि आफूहरुको उज्यालो नेपाल अभियानमा केही मान्छेले डिस्टर्ब गरेको बताएका छन् ।

उनले भने, ‘ विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिले नै केही मिडिया र व्यक्तिलाई परिचालन गरी देशलाई अँध्यारोमा लैजान चाहेका छन् । ‘ उनि थप गर्छन्, ‘ विगतमा प्राधिकरण डुबाएका व्यक्तिले अनेक हतियार प्रयोग गरेर हामीलाई डिस्टर्ब गरेका छन् । उज्यालो नेपाल उनीहरुलाई मन परेको छैन । रातदिन नभनी हामी देशलाई उज्यालो बनाइरहेका छौँ । देशलाई अँध्यारो बनाउन चाहनेले बेलैमै विचार गरुन् । ‘

प्राधिकरण ध्वस्त बनाउन चाहनेहरुलाई नागरिकसामु ल्याउने बताउँदै उनले भने, ‘ प्राधिकरण ध्वस्त बनाउने गिरोहलाई एमडीले टुलुटुलु हेरेर बस्न सक्दैन । यो चानचुने एमडी होइन । हामीलाई डिस्टर्ब गर्नेहरुको वास्तविकता पत्ता लगाइने छ । हिजो प्राधिकरण कसले सुकायो भन्ने सबैलाई थाहा छ, उनीहरु पनि तानिन सक्छन् । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया