लहानमा बर्षाको बितण्डा : एक सय घरपरिवार डुबानमा , पिडित परिवारलाई सुरक्षित स्थानमा सारिदै

आलोक यादव सिरहा , असार २८ गते। लगातारको वर्षाका कारण मानव वस्ती डुबान हुदा सिरहाको लहान नगरपालिका वडा नम्बर – १ , २ स्थित मुसहर बस्तीका करिब एक सय घरपरिवार बिस्थापित भएका छन् ।

सशस्त्र प्रहरी बल लाहानका प्रहरी डिएसपी प्रेम बहादुर राबलका अनुसार लहान नगरपालिकाको विभिन्न स्थानमा डुबानका कारण ७५ भन्दा बढी घरपरिवार बिस्थापित भएको हो ।

लहानका सशस्त्र प्रहरी बल लहानका डिएसपी प्रेम बहादुर राबलले लहान नगरपालिका- १ र २ मा ७५ घरपरिवारलाई अन्यत्र सारिएको जानकारी दिए ।

उनीहरुको स्थानि बिद्यालयमा बसोबासको ब्यवस्था मिलाईएको प्रहरीले जनाएको छ ।

डुवान क्षेत्रमा मानविय, भौतिक तथा अन्य कुनै पनि प्रकारको क्षति हुन नदिन पानी थुनिएको स्थानहरुमा निकास निकाल्ने प्रयास भईरहेको पनी सशस्त्र प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया