काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।
काठमाडौंमा एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् ।






