यात्रु सवार म्याजिकलाई ट्रकले ठक्कर दिँदा ३ को मृत्यू, १२ घाईते, १ गम्भीर

आलोक यादव,सिरहा, असार-१६ गते। सिरहाको लहान नगरपालिका वडा नम्बर – ११ स्थित पडरिया चोकमा यात्रु सवार म्याजिकलाई ट्रकले ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ । दुर्घटनामा परेर अन्य १२ जना घाईते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना. १ ज. ७४५४ नम्बरको म्याजिकलाई यात्रु चढाउने क्रममा सोही दिशामा गइरहेको ना. ८ ख. २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।

म्याजिकमा सबार सिरहाको पुरानो चोहर्वा निवासी ४० वर्षीय गणपति महरा, सिरहाकै वरियारपट्टी गाउँपालिकाका ७० वर्षीया बचियादेवी राम र नाम ठेगाना नखुलेको एक महिलाको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिए ।

घाईते १२ जना मध्ये १ को अवस्था चिन्ताजनक रहेको जनाइएको छ । उनीहरुको लहानस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना लगत्तै ट्रक र म्याजिकका चालक फरार भएका छन् भने उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया