जनकपुरधाम । मुलुककै कान्छो मेयर एवम् उनका टीमद्धारा कमला नदीमा फँसेका ८ जनालाई जिवितै उद्धार गरिएको छ ।
विगत ४ दिनदेखि निरन्तर परेको अबिरल बर्षाका कारण तराई मधेशको विभिन्न नदीहरुमा पानीको उच्च बहाब भएको छ भने आसपासका क्षेत्रहरुमा हाई अलर्ट जारी समेत गरिएको छ ।
धनुषा र सिरहा जोडने कमला नदीमा पनि पानीको बहाब उच्च भएपछि छेउछाउका गाउँहरुलाई अलर्ट जारी गरिएकोे हो ।
सो क्रममा शुक्रबारदेखि नै कमला नदीको बीचमा फँसकेका सिरहाका ४ जना र धनुषाका ४ जनालाई कान्छो मेयरको रेस्क्यू टिमद्धार जिवितै उद्धार गरिएको छ ।
सशस्त्र प्रहरी बल यदुकूहाका प्रहरी नीरिक्षक किस्मान तामाँगको नेतृत्वमा गएको रेस्क्यू टिमले कमला नदीको उच्च बहाबमा फँसेका ८ जनालाई उद्धार गरेको हो ।
सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. ५ निरदानाका सुकदेव दास,कँचन मण्डल, रासिन्दर दास, कुनाई महतो र उनकी पत्नीलाई उद्धार टिमले उद्धार गरेका हुन् ।

धनुषाको शहिदनगर नगरपालिकाको मेयरको हैसियतले कमला नदी छेउमा समेत केही गाउँ नगरभित्र परेको भन्दै यदूकूहाका सुरक्षा निकायलाई विपद व्यवस्थापन सम्बन्धी समाग्रीहरु उपलब्ध गराएका थिए ।
आज सोही समाग्रीको सहयोगले ८ जनालाई उद्धार गर्न सफल भएको हो भने उद्धार कार्य जारी राखेको छ ।







