मनसुनी रेखा फेरि नेपालमाथि, ‘अति भारी वर्षा’को सम्भावना : मौसमविद

५ साउन, काठमाडौं । मौसमविदले पूर्वानुमान अनुसार मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने सम्भावना  देखिएको छ । नेपालमाा त्यसको प्रभाव आइतबार त्यति धेरै नपरे पनि सोमबारबाट भने बढी देखिने छ ।

मौसमविद मञ्जु बासीले भनिन्, ‘मनसुन ट्रफ घरी माथि घरी तल गरिरहन्छ । यो जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।’

यसअघि दक्षिणतिर सरेको यो रेखा बिस्तारै नेपालतिर सर्दै आएको छ ।

‘भोलि केही स्थानमा र पर्सि देशैभर डिस्टर्ब हुन्छ,’ मौसमविद बासीले भनिन् ।

उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

मंगलबार भारी वर्षाको सम्भावना रहेको मौसमविदको भनाइ छ ।

त्यसैगरी मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलामा जल सहत बढ्नसक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया