मंत्रीको ढिँडो मस्काई…

साभार तस्विर

काठमाडौँ, सोमबार दोरम्बा गाउँपालिकाको आगामी वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिकरण कार्यक्रम सकेर प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालसंगै प्रदेश सांसद शान्तिप्रसाद पौडेल, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तान, नेकपाकी नेता सुनिता गौतम लगायतका १३ जनाको टोली दोरम्बाको ह्यालुङ स्वकारी तामाङ होमस्टेमा बास बस्न पुगे ।

स्थानीय परिकारका लागि कहलिएको उक्त होमस्टेमा स्थानिय परिकार ढिँडो मस्काउन मंत्री आँफै अघि सरे । मन्त्रीले ढिडो मस्काउन नसक्लान् कि भनेर छेवैमा बसेका होमस्टे सञ्चालक मोमिन थिङ तामाङले ढिँडो मस्काउने पालै पाएनन् ।

संचालक तामाङ भन्छन्, ‘ उहाँले मज्जाले मस्काउनु भयो, हामीले छुनै परेन । ‘ होमस्टेको मझेरीमा आफ्नो टोली संगै पलेँटी कसेर बसेका मन्त्री दुलालले ढिँडो खाएपछि आनन्द मान्दै भने, ‘ गाउँमा पर्यटक भित्र्याउन यस्तै व्यवस्था हरेक स्थानमा हुन सक्नुपर्छ । ‘

झण्डै १ हजार पाहुनाले स्थानीय परिकारमा रमाउदै रात कटाएका २०६४ सालदेखि सञ्चालन भएको उक्त होमस्टेमा मंत्री पाहुना बनेका यो दोश्रो पटक हो । यसअघि जिल्लाबाटै निर्वाचित पूर्वगृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठले पनि उक्त होमस्टेमा रात बिताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया