बौद्ध-जोरपाटी सडकखण्ड कालोपत्रे नगरिएपछि सडकमा उत्रिए बौद्धवासी, स्थानीय र प्रहरीबीच झडप !

फाइल फोटो

काठमाडौँ, चुच्चेपाटी-टुसाल-बौद्ध-जोरपाटी सडकखण्ड कालोपत्र नहुुँदा छिटो पिच गर्न माग गर्दै व्यापारी र स्थानीय बासिन्दाले स्वतस्फूर्तरुपमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् ।

चार वर्षदेखि सडकखण्डको कामलाई अलपत्र छाडेको भन्दै बिहीबारबाट सुरु गरिएको दबावमूलक विरोध कार्यक्रम सडक पिच नभएसम्म जारी राख्ने उनीहरुले बताएका छन् ।

आन्दोलनमा उत्रिएका स्थानीयवासीले तत्काल चावहिल–साँँखु सडकखण्ड कालोपत्र गरी धुँवाधुलोबाट मुक्त बनाउन माग राखेका छन् । उनीहरुले बिहिबार बिहान शंख बजाएर सरकारको सांकेतिक विरोध गर्दै सडक अबरूद्ध पारेका थिए ।

बिहान देखि नै विरोधमा उत्रिएका बौद्धवासीले बजार समेत बन्द गराएका छन् भने प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच घम्साघम्सी समेत भएको छ ।

प्रदर्शनकारीले सडकमा टायर समेत बालेर प्रदर्शन गरेका थिए । अहिले स्थिति नियन्त्रणमा आइसकेको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तम सुवेदीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया