काठमाडौं। प्रधानमन्त्रीनिवास बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले सबै जिम्मेबारसँग बयान लिइरहेको छ |
तर, दुबै निकायले खोजिरहेका तत्कालिन भौतिक पूर्वाधारमन्त्री विजय गच्छदार सम्पर्कविहिन छन्। दुबै निकायले बयानमा बोलाएपछि १५ असारमा भारत गएका उनी उतैबाट अमेरिका गए।
भारत फर्किएपछि पनि नेपाल आउनुको सट्टा उनी चेन्नईतिर लागेका छन्। यस्ता बयानमा अख्तियारले फोनबाटै बोलाउने, फोनबाटै पछ्याउने र नआएमा पत्र काट्ने र पत्रिकाबाट सार्वजनिक सूचनासमेत प्रकाशित गर्ने गरेको छ।
नेकपाका वरिष्ठ नेता नेपाललाई भने गोप्य रुपमा बयान लिने तयारी गरेको श्रोतले दाबी गरेको छ। उहाँसँग पनि सोधिन्छ, तर बयान नभनी गोप्य रुपमा सोध्न सकिन्छ,’ अख्तियारश्रोतले भन्यो। यो सामाचार आजको नयाँ पत्रीका छापेको छ |







