बाबुराम भट्टराईले हली बनेर गोरु जोतेको तस्विरले सामाजिक सञ्जाल तातेपछि के भन्छिन् हिसिला ?

काठमाडौँ, हिजो असार १५ धान दिवसको अवसरमा पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो गृह जिल्ला गोरखामा किसानहरुसँगै रोपाइँ गरि धान दिवस तथा रोपाइँ महोत्सव मनाएका थिए ।

उनि दुई छुट्टा-छुट्टै रोपाइँमा सामिल भएका तस्विरले हाल सामाजिक संजालमा तहल्का मचाएको छ । उनको रोपाइँको तस्विरहरु सामाजिक संजालमा भाइरल भैरहेका छन् ।

छत्रे टोपी, कट्टु र टि–सर्ट लगाएर किसानकै भेषमा खेतमा काम गरिरहेको ति तस्विरहरु उनि आफैँले सामाजिक संजालमा राखेका हुन् । उनको यस तस्विरमा धेरैले धेरै थरिको प्रतिक्रिया जनाएता पनि उनकी पत्नी हिसिला भने चुप नै छिन् ।

भट्टराईले पालुङटार नगरपालिका–१ ले आयोजना गरेको र सफल मल्टिपर्पोज कृषि फार्मको रोपाईंमा गोरु जोत्नुका साथै कोदाली पनि चलाएका छन् ।

त्यस्तै प्रधानमन्त्री के.पी. शर्मा ओलीको गृह जिल्ला झापामा भने स्थानियले सडकमै रोपाइँ गरि त्यहिँ दहि चिउरा समेत खाएका छन् । बिर्तामोडबाट सदरमुकाम भद्रपुरसम्म पुग्ने सडकको अवस्था निकै जिर्ण रहेको र त्यसको मर्मत नभएकोमा आक्रोश पोख्दै उनीहरुले सडकमै धान रोपेका हुन् ।

यस सडक बारे नगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट यो सडक मर्मतका २७ करोड रुपैयाँ छुट्टिएको बताउँदै १८ महिनाभित्र निर्माण सम्पन्न गरी सक्ने लक्ष्य राखिएको जानकारी दिएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया