बाढी बगाएको दुई दिनपछी शव फेला

रौतहट ।  गत दुई दिन देखि लापता एक व्यक्तिको शव आज बरामद भएको छ।

राजपुर नगरपालिका १ निवासी अन्दाजी ४० बर्षिय सोनेलाल साह सोनारको शव बिओपी कैम्प गौरसंगको तलाबबाट बरामद भएको बिओपीका सशस्त्र प्रहरी निरीक्षण दिपक राज भट्टले जानकारी गराउनु भएको छ।

पोखरीमा शव देखेपछि सशस्त्रका जवानहरुले शव लाई निकालेका थिए।

मृतक को पहिचान मृतकका परिजन र स्वम राजपुर नगरपालिका वडा नं. १ का वडाध्यक्षले गरेका छन। दुई तीन देखि लापता रहेको सोनार बाढीमा डुबेर बग्दै आएको सप्रनि भट्टको अनुमान रहेको छ।

यस्तै, तराई मधेशको विभिन्न ठाउँमा बाढीले बगाउँदा दर्जनौं व्यक्तिको ज्यान गएको छ ।

गएराती पनि बर्षा हुँदा पानीको बहाबमा केही उच्चता आएपनि खतराको सतहभन्दा तल नै रहेको बुझिएको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिकामा सयौँ घर परिवार विस्थापित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया