बच्चालाई कारबाट ओरालेर बच्चामाथि नै यसरी गाडी चलाउँदा गम्भीर दुर्घटना [ भिडियो फाइल ]

एजेन्सी, भारतको दिल्ली स्थित भरत नगरमा एक अप्रिय दुर्घटना घटेको छ । यस घटना एक सिसिटिभी क्यामेरामा कैद भएको छ । एक ब्यक्तिले फोनमा कुरा गर्दै गाडी चलाउँदा यो गम्भीर दुर्घटना घटेको हो ।

क्यामेरा कैद भएको घटनामा एक व्यक्तिले तीन वर्षका बच्चालाई गाडीबाट ओराल्छन् र त्यस्पस्चात बच्चा गाडीबाट निस्किएर आफ्नो घरतिर अघि बढिरहेका हुन्छन् । तर एक्कासी गाडीले ती बच्चालाई किचेर जान्छ । गाडीले बच्चालाई केही परसम्म घिसारेको देखिन्छ ।

फोनमा व्यस्त रहेका ति व्यक्तिलाई यसबारे तत्काल थाहा हुँदैन । त्यसपछि गाडी चलाउने व्यक्ति आउँछन् र बच्चालाइ अस्पताल लैजान्छन । गुलाम नाम गरेका ती बालकलाइ दीपचन्द बन्धु अस्पतालमा भर्ना गरिएको छ ।

पुलिसको अनुसार उनको अवस्था गम्भीर रहेको छ । गाडी चलाउने उक्त व्यक्ति ती बच्चाको बुवाको साथी भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया