काठमाडौँ, गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा एक युवक मृत अवस्थामा भेटिएका छन् ।
फेसबुकबाट चिनजान भएर प्रेम सम्बन्धमा रहेकी आफ्नी प्रेमिकासंग मंगलबार साँझ गेस्ट हाउस बस्न गएका काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।
शुभकलश गेष्ट हाउसको १०४ कोठा नम्बरमा प्रमोद गुरुङ मृत अवस्थामा भेटिएको बारे महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले पुष्टि गरेका छन् ।
उनीहरु बसेको कोठा भियग्राहरु र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको डीएसपी प्रसाईंले बताएका छन् । उनले मृत्युको कारण भने अझै खुल्न नसकेको बताएका छन् ।
प्रहरीका अनुसार गेस्ट हाउस संचालक र प्रेमिकालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाईएको छ ।







