काठमाडौँ, वास्तवमा प्रहरी नागरिकको सुरक्षाको निम्ति खटाइएका हुन्छन् । तर कोहि प्रहरी यस्ता हुन्छन् जसलाई नागरिकको सुरक्षाको कुनै चिन्ता हुँदैन ।
यस्तै एक घटना गोरखा जिल्लामा भएको छ । गोरखा जिल्लामा लुटपाट र चोरीको घटना बढ्दै जाँदा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी भोला रावल भने प्रहरी कार्यालयको सम्पर्कमा नै थिएनन् । यति मात्र कहाँ हो र, फोन गर्दा फोन नउठाउने र बल्ल तल्ल उठेको फोनमा आएको जवाफले त प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरे आँफै आश्चर्यमा परे ।
डीआईजी घिमिरेले भने, ‘ धेरै जसो फोन उठाउनुभएन । फोनमा उठाउँदा पनि रक्सी खाएको तालमा गत गाउने, नराम्रो शव्द बोल्ने गर्नुभयो । ‘जिल्लाको कमाण्ड सम्हालेका प्रहरी प्रमुखको यस्तो हर्कतले आस्चर्य चकित परेका डीआईजीले निरीक्षणका लागि एसएसपी हरिराज वाग्लेको नेतृत्वमा टोली खटाए । प्रदेशबाट आएको उक्त टोलीले एसपी रावललाई कार्यालय समयमै मादक पदार्थ सेवन गरी सुतिरहेको अवस्थामा भेट्टायो ।
घिमिरले भने, ‘ उहाँ मान्छे चिन्ने अवस्थामै हुनुन्न रहेछ । ‘ डाक्टरको रिपोर्टमा पनि मादक पदार्थ सेवन गरेको पाइएको जानकारी दिँदै उनले भने, ‘ निरीक्षण टोलीको प्रतिवेदन तयार हुँदैछ । प्रतिवेदन बुझाएपछि के कारवाही गर्ने भन्ने थाहा हुन्छ । तर, कारवाही चाहिँ कुनै हालतमा हुन्छ । ‘
उनले अनलाइन मिडियासंग भने, ‘ विप्लवका गतिविधी पनि बढिरहेका छन्, यस्तो अवस्थामा शान्ति सुरक्षा कायम गर्न जिल्लाको प्रमुख बनाएर खटाइएको व्यक्ति नै गैरजिम्मेवार भएपछि के अर्थ ! ‘







