काठमाडौँ, एक साता देखी प्रष्टसंग बोल्न नसक्ने एक बालक विराटनगरस्थित बाल हेल्पलाइनको संरक्षणमा रहेका छन् । नोबेल मेडिकल कलेज अगाडिबाट भेटिएका यी बालकको पहिचान खुल्न नसके पछि मोरङ प्रहरीले बालकलाई बाल हेल्पलाइनमा पठाएको थियो ।
झट्ट हेर्दा तराइमूलका जस्ता देखिने यि बालक करिब ८/९ बर्षका देखिन्छन् । बाल हेल्पलाइन विराटनगरका प्रमुख बासु अधिकारीले बालक प्रष्टसंग बोल्न नसक्ने भएकाले बालकको आफन्त खोज्न समस्या भएको बताएका छन् ।
उनि बाल हेल्पलाइनको संरक्षणमा त छन् तर आफ्ना बाबु-आमाबाट टाढा रहेकाले होला उनि रुन्छन् कराउँछन् तर त्यसमा उनको बस चल्दैन । उनलाई देख्दा त दया त सबैलाई जाग्छ तर उनको बोली नबुझिएको कारण उनको आफन्तको पहिचान गर्न निकै गाह्रो भएको छ ।
बाल हेल्पलाइन विराटनगरका प्रमुख बासु अधिकारीले भने, ‘ बालक नोबेल मेडिकल कलेज छेउ भेटिएकाले आफन्त भेटिन्छन् की भनेर अस्पतालमा खोजी गर्याैँ । कोही आफन्त नभेटिएपछि बालक हाम्रो संरक्षणमा छन् । ‘
साथै उनले बालकको आफन्त पहिचान गर्न सहयोगको अपिल पनि गरेका छन् ।







