प्रशिक्षक अलमुताइरीलाई नेपाल फर्काउने एन्फाको तयारी

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई नेपाल फर्काउनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी थालेको छ।

पाँच दिनअघि बसेको एन्फाको केन्द्रीय समिति बैठकले अलमुताइरीलाई राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारीमा निरन्तरता दिने वा नदिने विषयमा निर्णय गर्न एन्फा सचिवालयलाई जिम्मेवारी दिएको थियो।

त्यहि निर्णयअनुसार एन्फा सचिवालयले हाल आफ्नो देश कुवेतमा रहेका अलमुताइरीसँग कुराकानी गरेको थियो। जसमा उनी नेपाल फर्कन सकारात्मक रहेको एन्फा सचिवालयको भनाइ छ।यो विवादको विषयमा गठिन छानविन समितले पनि अलमुताइरीकै दोष देखाएको थियो।

गत साता भएको एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षमा कर्माछिरिङलाई पराजित गर्दै नेम्बाङ निर्वाचित भए लगत्तै अलमुताइरीले नेपाल नफर्कने संकेत गर्दै इन्स्टाग्रममा स्टोरी राखेका थिए। तर केहीबेरमा नेपाली समर्थकलाई धन्यवाद दिएको उक्त स्टोरी उनले मेटाएका थिए।

केही दिनअघि उनले फेसबुक कमेन्टमा एक समर्थकलाई आफ्नो सम्झौता २०२४ सम्म भएको र छिट्टै नेपाल फर्कने भन्दै प्रतिक्रिया दिएका थिए। शनिबार भने उनले फेसबुकको स्टोरीमा आफ्नो लक्ष्य विश्वकप २०२६ को छनोट, एसिया कप २०२७ को छनोट र साफ च्याम्पियनसिप २०२३ भएको उल्लेख गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया