काठमाडौं, २ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना महामारीका कारण स्थगित गरेका सेवाहरु पुनः सुचारु गर्ने भएको छ। प्रशासनले एक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड अपनाउँदै असोज ४ गते आइतबारदेखि सेवा पुनः सञ्चालन गर्ने जनाएको छ। प्रशासनले साउन २५ गतेदेखि सेवाहरु स्थगित गरेको थियो।

प्रत्येक सेवामा दिनको २० जना सेवाग्राही नबढ्ने गरी स्थानीय तहअनुसार सेवा लिने व्यवस्था मिलाइएको जनाइएको छ। यो सँगै प्रशासन कार्यायले बिहीबार सूचना जारी गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी, हातहतियार दर्ता, पत्रपत्रिका, सं घसंस्था दर्ता र नवीकरणसम्बन्धी सेवा असोज ४ देखि खुला हुने जनाएको छ ।

नागरिक दैनिकमा समाचार प्रकाशित छ ।







