प्रतिनिधिसभा- समाजवादी पार्टी नेपालका डा बाबुराम भट्टराईले सामान्य र निरन्तरताको हिसाबले हेर्दा आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटलाई सकारात्मक रुपमा नै हेर्न सकिने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उहाँले भन्नुभयो, “केही सुधार भए पनि निरन्तरताको बजेट आयो त्यसैले साह्रै खुशी हुने अवस्था भने छैन ।”
देशको अहिलेको आवश्यकता भनेको वायुपङ्खी घोडाको गतिमा हिँड्ने बजेट हुनुपर्दथ्यो भन्दै पूर्वअर्थमन्त्री डा भट्टराईले विगतको सङ्क्रमणकालसँग दाँजेर हेरिनु हुँदैन, बजेटमा वैचारिक अस्पष्टता छ भन्नुभयो ।
बजेटलाई केवल आयव्ययको अनुमानका रुपमा मात्र नहेरी देश रुपान्तरणको दस्तावेजका रुपमा बुझ्न आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “उत्पादकत्व बढाउने र आत्मनिर्भर हुने पक्षमा बजेट पर्याप्त विनियोजन हुनुपर्नेमा त्यो कम देखिएको छ ।
उहाँले विप्पा सम्झौता गर्न अनकनाउने र डराउने काम गर्न हुन्न, आफ्नो मुलुकको हितलाई ध्यान दिएर अघि बढाउनुपर्छ भन्नुभयो ।
माइतीघर मण्डलामा गुठि विधयेकको कारण उपत्यकाका नेवार समुदाय आक्रोशित भएको संकेत गर्दै “ज्वाईं न स्वाईं अगुल्टाले च्वाईं” नहोस् भन्दै प्रधानमन्त्री ओलीलाई सुझाव पनि दिएका छन्।







