नेपालमै पहिलो पटक, घरबाटै एसईई यसरी हुँदै छ परिक्षा !

फाइल फोटो

काठमाडौँ, हाल धमाधम माध्यमिक शिक्षा परीक्षा एसईईको परिक्षा भैरहेको छ । यसपालीको एसईई परिक्षामा राजनीतिज्ञ देखि लिएर कलाकार, प्रहरीको बहालवाला असई, सेनाका हुद्दा, यति सम्म कि क्रियापुत्रीले समेत सहभागिता जनाएका छन् ।

यस्तैमा बैतडीमा एक छात्राले घरबाटै एसइई दिएकी छिन् । १६ वर्षीया करिश्मा बोहराले पहिलो दिन अनिवार्य अंगे्रजी विषयको परीक्षा  घरबाटै दिएकी हुन् । आजको शौर्य दैनिकमा प्रकाशित समाचार अनुसार करिश्माको शारीरिक अपाङ्गताको कारण उनि परिक्षा केन्द्र सम्म जान नसक्ने भए पछि उनलाई घरबाटै परिक्षा दिन लगाइएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताएका छन् ।

दशरथचन्द नगरपालिका–२ स्थित निंङगलाशैनी मावी देहीमाण्डौकी परीक्षार्थी करिश्माको परीक्षा केन्द्र दशरथचन्द नगरपालिका–१ मणीलेक मावी गुरुखोला रहेको थियो । परीक्षाको लागी एक जना निरीक्षक र एक जना सुरक्षाकर्मीको घरमै व्यवस्था गरिएको थियो ।

इकाइ प्रमुख अवस्थीले भने, ‘ शारीरिक अपांगता भई हिँडडुल गर्न नसक्ने ह्विलचियर पनि जाने नसक्ने भएकोले करिश्मालाई घरमै परीक्षा दिने व्यवस्था मिलाएका हाैँ | अपांगमैत्री बाटो नहुँदा घरमै परीक्षा दिने व्यवस्था गरेका हौँ । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया