नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दहन

काठमाडौँ । पर्साको वीरगञ्जमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुत्ला जलाइएको छ ।

गत आइतबार प्रचण्डले वीपी राजमार्ग र रामेछापको खाँडादेवी जोड्ने सुनकोसीको खैरेनी घाटमा बनेको पक्की पुल उद्घाटनको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट पनि निकाल्ने आशयको अभिव्यक्ति दिएपछि राष्ट्रिय सरोकार मञ्चले प्रचण्डको पुत्ला दहन गरेको हो ।

कार्यक्रममा बोल्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएकाे तर बढी बकबक गरिरहे जनताले नागार्जुनबाट समेत निकाल्ने चेतावनी दिएका थिए ।

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रविरुद्ध दिएको अभिव्यक्तिको कडा आलोचना गर्दै विभिन्न नाराबाजीका सार्थै प्रचण्डको पुत्ला दहन गरेका हुन् ।

पूर्वराष्ट्रपति यादवद्वारा नेता सिंहको स्वास्थ्यबारे जानकारी
पूर्वराष्ट्रपति डा रामवरण यादवले ललितपुरको मेडिसिटी अस्पतालमा उपचारारत नेपाली काङ्ग्रेस नेता प्रकाशमान सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । पूर्वराष्ट्रपति डा यादव आज अस्पताल पुगेर पूर्वउपप्रधानमन्त्री सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । भेटमा पूर्वराष्ट्रपति यादवले नेता सिंहको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

यसैबीच आजै काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदारले समेत नेता सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । मधुमेह र पिसाबको समस्या देखिएपछि नेता सिंहलाई सोमबार अस्पताल भर्ना गरिएको हो ।

उहाँको स्वास्थ्यमा सुधार आएको सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिनुभयो । नेता सिंहलाई डा मिमी गिरीको टोलीले उपचार गरिरहेको छ । उहाँलाई अझै केही दिन उपचारका अस्पतालमा राखिने सो अस्पतालले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया