निर्मला हत्याकाण्ड: नयाँ ट्विस्ट, निर्मलाकी आमाकै बयान फेरियो ! के भन्छिन् त उनि ?

काठमाडौँ, निर्मला हत्याकाण्ड र यसको ढिलाई बारे त हामी अवगत नै छौँ । साथ साथै प्रत्येक दिन यस घटना बारे आउने अनेकौँ खालका समाचार तर आज सम्म पनि टुङ्गो लाग्न नसकेको हत्याराको खबरले हामी सबै आक्रोशित छौँ । सबैको एउटै आवाज छ ‘निर्मलाको लागी न्याय ।’

केहि दिन अघि मात्र एकाएक प्रहरी विरुद्धको मुद्दा फिर्ता लिइएको थियो ।  शुरुवात मै पक्राउ परेका दिलिप सिंह विष्ट निर्दोष रहेको बताउँदै आएकी निर्मलाकी आमाले आज फेरी शंकाको सुई दिलिपसिंह विष्ट तर्फ घुमाएकी छिन् । बलात्कारी आफ्नै घर वरिपरि घुमिरहेको र उसलाई पक्राउ गर्न भन्दै उनले आग्रह गरेकी छिन् ।

एकाएक दुर्गादेवीमा आइरहेको परिवर्तनको रहस्य नै बुझ्न सकिएको छैन । न्यायको लागी प्रहरी समेत संग मुठभेड गर्दै आन्दोलनमा बलियो साथ दिँदै आएका स्थानिय मानव अधिकारकर्मीको समेत उनले आलोचना गर्न थालेकी छिन् । उनले दिलिपसिंह विष्टले हिरासतमा परेका बेला प्रहरीलाई दिएको साविति वयानको भिडियो हेरेपछि आफू यस्तो निष्कर्ष मा पुगेको बताएकी छिन् ।

उनि भन्छिन्, ‘ दिलिपसिंह बिष्टले प्रहरीसँग अपराध स्वीकारेको सुनेकी थिएँ, तर प्रहरीले दबाव दिएर कबुल गर्न लगायो होला भन्ने लागेको थियो वयानको भिडियो मलाई कसैले देखाएका थिएनन् । केही दिन अगाडि मात्रै भिडियो हेरेँ । भिडियोमा उसले बताएका घटना विवरण सबै सत्य छन् । कसैले सिकाएर वा धम्क्याएर बोल्न लगाएको जस्तो पटक्कै लागेन । उसैले मेरी छोरीको हत्या गरेको जस्तो लाग्न थाल्यो ।’

उनले दिलिपलाई पक्राउ गरि जेल हाल्न प्रहरी संग आग्रह गरेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया