दुई दिन नेपाल ठप्प पार्ने घोषणा …आन्दोलनका कार्यक्रम सहित

काठमाडौँ । लोकसेवा आयोगले निकालेको विज्ञापनको विरुद्ध विज्ञापन खारेज गर्न माग गर्दै आरक्षण बचाऔँ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्द गर्ने जनाएको छ ।

संघिय गणतन्त्र नेपालको संविधान विपरित, समानुपातिक समावेशी सिद्धान्तको भावना र आरक्षणको मर्मविपरीत लोकसेवा आयोगले विज्ञापन निकालेको महासंघको भनाई छ ।

संविधानप्रदत्त आरक्षण सुनिश्चित गर, राज्य व्यवस्था समितिको निर्देशन पालना गर, आरक्षण सुनिश्चित गरी पुनः विज्ञापन गर’लगाएतका नारासाथ आदिवासी/मुलबासी/जनजातिहरुले विरोध प्रर्दशनमा नेपालको संविधानमा भएको समावेशी व्यवस्थालाई पूर्ण कार्यान्वयन हुनुपर्ने माग गरेको बताइएको छ ।

महासंघले असार २८ गतेदेखि साउन १० गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

असार २९ गते काठमाडौ उपत्यकाको विभिन्न स्थानमा मसाल जुलुस, असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन, साउन २ र १० गते नेपाल बन्द घोषणा गरिएको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोकामगरले जानकारी दिए । ।

आन्दोलनका कार्यक्रमहरू२९ गते मसाल जुलुस ३० गते सिठी जुलुस ३१ गते काठमाडौँ र देशभरि विरोधसभा २ गते बन्द जुन दिन परीक्षा हुन्छ, त्यही दिन अर्को बन्द ।

फेसबुकबाट तपाईको प्रतिक्रिया