‘दि भ्वाइस अफ नेपाल’ यी ८ जना पतिस्पर्धी प्रतिस्पर्धा गर्दौ छन् फाइनलको लागि

A general view of the set of "The Voice", is seen in Culver City, Calif., Friday, Oct. 28, 2011. Season two of "The Voice" will premiere Feb. 5 on NBC. (AP Photo/Matt Sayles)

पब्लिक आवाज/ संवाददाता
सिङगिङ रियालिटी शो ‘दि भ्वाइस ’ विश्वकै सबै भन्दा ठूलो रियालीटी शो हो । अहिले नेपालमा पनि यो रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ चलिरहेको छ । अहिले यो शो सेमिफाइनलमा प्रवेश गरेको छ । उत्कृष्ठ १६ बाट ८ जना बाहिरिएसँगै ‘दि भ्वाइस अफ नेपाल’ ले ८ जना सेमिफाइनलिष्ट पाएको हो । सेमिफाइनलको प्रस्तुती पतिस्पर्धीले शनिबार साँझ दिएका छन् ।

सेमिफाइनलमा टिम सनुप पौडेलबाट विद्या तिवारी र सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी बिजय अधिकारी र विवेक वाइवा लामा तथा टिम प्रमोद खरेलबाट सुशील गर्तौला र श्रिजे थपलिया र अभया सुब्बाबाट श्रेया राई र कुशल आचार्य छन् ।

उत्कृष्ठ १६ जनाको टिम तयार भएपछि दर्शकले गरेको भोटका आधारमा पतिस्पर्धीको पफरमेन्सको निर्धारण हुँदै आएको छ । शनिबार रातिको प्रस्तुतीका आधारमा दर्शकले गरेको भोटका कारण उनीहरु ८ मध्ये प्रत्येक टिमबाट एक एक जना गरि ४ जना फाइनलमा प्रवेश गर्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया