दिल्ली उड्नुअघि प्रचण्डले भने- म चीन पनि जान्छु

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिन भारत भ्रमणमा गएका छन्।भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड भारत गएका हुन्।

नयाँदिल्ली जानुअघि शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै आफू निकै उत्साहका साथ भारत जान लागेको बताए।

‘यो सद्भावना भ्रमण हो। नेपाल-भारत सम्बन्धका सबै विषयहरूमा त्यहाँको राजनीतिक नेतृत्वसँग चर्चा हुन्छ,’ प्रचण्डले भने,‘म निकै उत्साहका साथ भारत जाँदैछु।’

फेसबुकबाट तपाईको प्रतिक्रिया