काठमाडौँ, दार्चुलाको सदरमुकाम खलंगामा आफ्नै घरमा झुण्डिएको अवस्थामा १५ बर्षीय युकाती मृत फेला परेकी छिन् ।
व्यास गाउँपालिका १ का दानसिंह तिंकरीकी १५ वर्षिया छोरी विधि तिंकरीको शव घरमै झुण्डिएको अवस्थामा फेला परेकी हुन् । कोठमै झुण्डिएको अवस्थामा सोमबार साँझ उनको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराका अनुसार यस घटना आत्महत्याकै घट्ना हुनसक्ने बुझिएको छ ।
प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमको लागी जिल्ला अस्पताल पुर्याइएको छ ।







