‘कुकुर मार्छु’ भन्ने वडाध्यक्षलाई कारबाही गर्न माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका एकजना जनप्रतिनिधले कुकुर मार्ने अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना सुरु भएको छ ।

असहाय गाईबाच्छा संरक्षण अभियानले विज्ञप्ति नै जारी गरेर ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिने जनप्रतिनिधिलाई कारबाही गर्न माग गरेको छ ।वडा नम्बर

३० का वडाध्यक्ष दलबहादुर कार्कीले कार्यपालिका बैठकमै कुकुर मार्ने अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘बजारमा कुकुर मार्ने औषधि खोजी रहेको थिएँ । बजारमा औषधि नै छैन, औषधि पाएको भए २ हजार ५ सय कुकुर एकै पटक मार्ने थिएँ । म पहिला पनि कुकुर मारेको मान्छे पनि हो ।’

‘यो धर्ती मान्छेको मात्र होइन, सबै प्राणीहरुको साझा बासस्थान हो । संसार २१औं शताब्दिको सोचमा मग्न भइरहँदा हामी उही १६औं शताब्दिको पुरातन सोचमा रुमलिएका छौं’ पुडासैनीले भनेका छन् ।

अनगिन्ति पीडालाई सहन गर्दै धेरै अर्थमा मान्छेको सहयात्री र रक्षकका रुपमा आफनो ख्याती आर्जन गरेका अवोध कुकुरहरुको उचित व्यवस्थापन र उनीहरुको सम्मानजनक जीवनयापनको बदलामा उनीहरुलाई मार्ने सोच पाखण्डपनको पराकाष्टा भएको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया