काभ्रेमा जेठाजुद्वारा आफ्नै बुहारीको बन्चरोले टाउकोमा हानेर विभत्स हत्या

काभ्रेपालन्चोक, १८ भदौ । काभ्रेपालन्चोकमा आज आफ्नै बुहारीलाई जेठाजुले धरि’लो हतियार प्रहा’र गरी विभत्स हत्या गरेका छन् । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ बस्ने बर्ष ४३ का सुर्दशन अधिकारीले आफ्नो बुहारी वर्ष ३९ की रञ्जना तिमिल्सीना (अधिकारी) लाई विभत्स हत्या गरेका हुन् ।

आज विहान आफ्नै निवासमा करिब ८ बजे घाँटीमा खुकुरी प्रहा’र गरी ढाले पछि ब’न्चरोले टाउकोमा हानेर हत्या गरेका हुन् । रञ्जनाको घ’टना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे धुलीखेल प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

थप अनुसन्धानका लागि प्रहरीले सुर्दशन अधिकारीलाई घटना स्थलबाट नियन्त्रण लिई अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया