काठमाडौं / काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थानपन बारे सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग बन्चरेडाँडामा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबार छलफल गरेका छन्।
मन्त्री झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साईटको ‘सेल वान’मा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेकोले फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने बताइन्।
जग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको मागबारे प्राविधिक टोलीकोे अध्ययन प्रतिवेदनपछि मात्रै टुंगोमा पुग्न सकिने भएकाले तत्काल फोहोर व्यवस्थापन गर्नका लागि मन्त्रालयले समन्वय गर्ने उनले बताइन्।







