कक्षा १२ को परीक्षा सम्बन्धी कुनै निर्णय भएको छैनः परीक्षा नियन्त्रक

फाइल फोटो

काठमाडौं, २ असोज । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले केही सञ्चार माध्यमले परीक्षा सञ्चालनका विधिहरुको काल्पनिक समाचार सम्प्रेषण भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले परीक्षा सञ्चालनको लागि हालसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेको छ । कोरोनाको कारण कक्षा १२ को परीक्षा हालसम्म स्थगित अवस्थामा रहेको समेत स्पष्ट पारेको छ ।

परीक्षा सञ्चालन गर्ने अवस्थामा बोर्डको आधिकारिक निर्णय सहितको परीक्षा कार्यतालिका समेत सार्वजनिक सञ्चार माध्यम मार्फत प्रकाशित हुने बताएको छ । गोरखापत्रमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया