काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षाको परिक्षा तालिका यहि श्रावण २६ र २७ गतेको लागी तोकेको छ ।
कुनै पनि दुई विषयमा सी वा सीभन्दा तल आउने तथा अनुउपस्थित हुनेलाई मौका परीक्षाको लागि परीक्षा बोर्डले यस परिक्षा तालिका सार्वजनिक गरेको हो ।
साउन २६ गते एक विषय र २७ गते दुई विषयको ग्रेड वृद्धि गर्न चाहनेको परीक्षा हुने बोर्डले जनाएको छ । बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म जिल्ला सदरमुकाममा मात्रै सञ्चालन गरिनेछ ।
परिक्षा आवेदन फर्म साउन १५ गतेसम्ममा बुझाइ सक्नुपर्नेछ ।








