एकाबिहानै मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी, ओलीले एकाएक वैठक बोलाउनुको कारण यस्तो !

काठमाडौं । सिंहदरबारमा एकाबिहानै मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बैठक बसिरहेको छ । आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने बैठक नियमित भएको बताएका छन् । यसअघि सोमबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । सो बैठकमा मन्त्रीहरूको रिपोर्टिङ सुनेका प्रधानमन्त्रीले मंगलबार बिहानको बैठकबाट यसबारे ठोस निर्णय लिने अनुमान गरिएको छ । मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्दै आएको छ । बैठकका निर्णय एक सातापछि सार्वजनिक गर्ने गरिएको छ ।

राजपत्रमा सूचना प्रकाशित गरी सरकारले आयातीत तरकारीको तथा फलफूलको विषादी परीक्षण गरेर मात्र नेपाल भित्र्याउन निर्णय गरेको थियो । सोही निर्णयअनुसार कृषि मन्त्रालयले नाकामा कडाइ गर्‍यो । तर, वाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विषादी परीक्षण स्थगित गर्‍यो । प्रयोगशाला अभावमा विषादी परीक्षण स्थगित गरिएको भनिए कृषि मन्त्री चक्रपाणि खनालले संसद्मै प्रयोगशाला अभाव नरहेको जवाफ दिएका थिए । पछि भारतीय दबावमा रोकिएको सार्वजनिक भएपछि सरकार आलोचित बनिरहेको छ ।

नियमति बैठक भनिए पनि बैठकके के निर्णय गर्छ भन्ने चासोको बिषय बनेको छ । सोमबार साझ नै प्रधानमन्त्रीले मंगलबार बिहानै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको समाचार बाहिरिएपछि अन्य राजनीतिक दलहरुले पनि विभिन्न अड्कल लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया