एजेन्सी / इराकको राजधानी बग्दादमा मुस्लिम धर्मालम्वीहरूको चाड इदका लागि मानिसहरूले किनमेल गरिरहेको एक बजारमा आ’त्मघा’ती बि’स्फोट हुँदा कम्तीमा ३५ जनाको मृ’त्यु भएको छ।
सोमबार भएको बम बि’स्फोटमा परी दर्जनौं मानिसहरू घा’इते भएका छन्। अलजजिरा टेलिभिजनका अनुसार बि’स्फोटमा परेका इदका लागि सामान किन्न गएका मानिसहरूको श’व बजारमा छ’रपस्ट भएका थिए। मृ’त्यु हुने धेरैजसो महिला र बालबालिका थिए।
इराकमा पछिल्ला ६ महिनामा भएको यो सबैभन्दा ठूलो बि’स्फोट हो। आतं’कवादी समूह आइएसले बि’स्फोटको जिम्मा लिएको छ। उसले डिभाइस जडान गरेर बि’स्फोट गरिएको र बि’स्फोटमा आफ्ना एक सदस्यले पनि ज्या’न गु’माएको उल्लेख गरेको छ।
इराक सरकारले सन् २०१७ मा सुन्नी मुस्लिम जिहादी समूहमाथि जित हासिल गरेको घोषणा गरेको थियो। तैपनि स-साना समूहहरू देशका विभिन्न भागमा सक्रिय थिए।







