आफ्नै छोराद्वारा दाउराको चिरपटले हानेर बाबुको हत्या !

फाइल फोटो

काठमाडौँ, अछाममा आफ्नै छोराले दाउराको चिर्पटले हानेर बाबुको हत्या गरेका छन् । अछामको चौरपाटी गाउँपालिका-५ मा २९ वर्षीय छोरा प्रेम ढोलीले ५५ वर्षीय मिने ढोलीको हत्या गरेका हुन् ।

प्रेमले बुवालाई दाउराको चिरपटले गर्धनमा हान्दा घटनास्थलमै मृत्यु भएको अछामका प्रहरी निरीक्षक कलेन्द्रबिक्रम शाहीले बताएका छन् । खाना खाने विषयमा आमा छोरा बीच झगडा हुँदा छुट्टयाउन गएका बाबुलाई प्रेमले दाउराको चिर्पटले हानेका थिए ।

घटनामा संलग्न प्रेमलाई नियन्त्रणमा लिइसकेको र मृतकको शव जिल्ला अस्पताल मंगलसेन ल्याएर पोष्टमार्टम गरिएको प्रहरी निरीक्षक शाहीले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया