आज उपत्यकाका सबै निजि विद्यालयहरुमा बिदा !

फाइल फोटो

काठमाडौँ, आईतबार असार १ गतेको दिन उपत्यकाका सम्पूर्ण निजि विद्यालयहरु बिदा गर्न प्याव्सन र एन प्याव्सनले काठमाडौँले निर्णय गरेको छ ।

एन प्याव्सन काठमाडौँका सहसचिव तथा कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको असामयीक निधनको कारण शोक बिदाको निर्णय गरिएको हो ।

निजी विद्यालयहरुको छाता सँगठन मानिएका प्याव्सन र एन प्याव्सन काठमाडौँले संयुक्त रुपमा एक सूचना जारि गर्दै उक्त निर्णय सार्वजनिक गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया