अमेरिकामा २ बर्षीय नेपाली बालक गाडी भित्र मृत फेला !

काठमाडौँ, अमेरिकाको टेक्सस राज्यस्थित डेन्टन सहरका २ बर्षीय नेपाली बालक गाडी भित्र मृत फेला परेका छन् । डेन्टनमा रहेको युनिभर्सिटी अफ नर्थ टेक्सासबाट पिएचडी गरिरहेका सञ्जय गुरुङका दुई वर्षीय छोरा सर्बेस मङ्गलबारदेखि आफ्नै अपार्टमेन्टबाट हराएका थिए |

मंगलबारबाट हराएका सर्बेस मृत अवस्था गाडी भित्र फेला परेको बारे बुधबार बिहान एक पत्रकार सम्मेलन गर्दै नीय प्रहरीले जानकारी दिएको हो । उनको मृत्युको कारण भने हाल सम्म पत्ता लाग्न सकेको छैन ।

घटनाबारे अनुसन्धान जारी रहेको र थप जाँचका लागि शव परीक्षण गर्न स्थानीय ट्यारेन्ट काउन्टी मेडिकल अफिसमा लागिएको डेन्टन प्रहरी प्रमुख फ्र्यांक डिक्सनले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार सर्बेस मृत अवस्थामा फेला परेको उक्त गाडी कसको हो भनि पत्ता लाग्न सकेको छैन । प्रहरीका अनुसार पुत्र वियोगमा मुर्छा परेकी आमा सुनिता गुरुङको स्थानीय प्रेस्बेटेरियन अस्पतालमा उपचार भइरहेको छ । उनि खतराबाट बाहिर छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया