अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग बयान लिएको छ ।
अनुसन्धान अधिकृतको टोलीले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसँग बयान लिएको हो ।
उनी बिहान कर्मचारी नआउँदै बिहान ९ बजे नै अख्तियार पुगेका थिए ।
शुक्रबार भएकाले कर्मचारी ४ बजे निस्किएका थिए ।
उनी त्यसपछि मात्र अख्तियारबाट बाहिरिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वप्रमुखलाई भ्रष्टाचार आरोप छानबिनका क्रममा बयान लिएको यो पहिलो घटना हो ।
कान्तिपुर दैनिकमा खबर छापिएको छ ।







