काठमाडौँ, काठमाडौँ बसन्तपुर मख्खन टोलमा ९ ओटा ग्याँस सिलिन्डर पड्किँदा भिषण आगलागी भएको छ । पुरानो एक घरबाट शुरु भएर करिब ६/७ घर सम्म भयेको आगोले निकै क्षति पुर्याएको अनुमान लगाइएको छ ।
हाल दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरेको प्रहरी परिसर काठमाडौँले बताएको छ । करिब डेढ घाटा पछि मात्र आगो नियन्त्रणमा लिइएको बुझिएको छ । के कति क्षति भयो भन्ने बारे आधिकारिक जानकारी आइसकेको भने छैन ।