८१८ ग्राम सुन सहित भारतीय नागरिक पक्राउ , सुटकेसमा १४८ सुनका बटम !

फाइल फोटो

काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अवैध सुन ल्याएको आरोपमा भारतीय नागरिक शतिश कुमार अरोरालाई पक्राउ गरेको छ ।

भन्सार कार्यालय स्रोतका अनुसार थाइल्यान्डको बैंककबाट काठमाडौं आउँदै गरेका उनलाई ८१८ ग्राम सुनसहित पक्राउ गरिएको हो । उक्त सुन विमानस्थलको मेटल डिटेक्टरले पत्ता लगाउन नसक्नेगरी ल्याइएको भएता पनि भन्सारले पत्ता लगाएर पक्राउ गरेको हो ।

भन्सार श्रोतले भने, ‘ सामन्यतया १०/२० बटम हुनु्पर्ने ठाउँमा सयभन्दा बढी बटम भएपछि हामीलाई शंका लाग्यो जाँच गर्दै जाँदा ती सुनका बटम भएको पाइयो । ‘

थाइलायन एयरलाइन्सको उडानबाट चार बजे काठमाडौं अवतरण गरेका अरोराले सुटकेसको बटम बनाएर सुन लुकाई ल्याएका थिए । सुटकेसमा कृतिम बटम सिर्जना गरी १४८ वटा सुनका बटम राखिएको र सुटकेसको चारैतिर हुने रबर वा स्टिलको वायर हटाएर त्यसमा सुनको वायर लगाएर बाहिर अल्मुनियम कोटेट गरेर ल्याएको भन्सार श्रोतले बताएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया