काठमाडौँ, प्रधानमन्त्री जस्तो सम्माननीय पदमा रहेका नेकपा अध्यक्ष के.पी शर्मा ओलीबारे अभद्र टिप्पणी गरेका सलिम योञ्जन तामाङ- भाई नाम भएका व्यक्तिलाई कारवाहीको माग गरिएको छ । उनले एक भारतीय समाचारको कमेन्ट बक्समा आफुलाई ५० लाख उपलब्ध गराए ओलीलाई मार्ने बताएका छन् ।
उनको टिप्पणी यस्तो रहेको छ : ‘ ५० लाख दिनुहोस् ओलीलाई मारीदिन्छु ‘ । उनको यस वाक्यमा आपत्ति जनाउँदै नेकपा युवा तथा खेलकुद बिभाग केन्द्रिय सदस्य मीना श्रेष्ठले यस्ता व्यक्तिहरुको खोजि गरेर कानुनी दायरामा ल्याउनुपर्ने बताएकी छिन् ।
उनि भन्छिन्, ‘ हाम्रो अनुरोधः विरोध गर्न पाइन्छ तर सभ्यता जरुरी छ । राजनीतिक आस्था जुन भएपनि देश र जनतासँग जोडिएका व्यक्तिको अपमान गर्नु हुँदैन, त्यो गर्नु भनेको देशको अपमान हो । ‘
भिडियो हेरी आफ्नो प्रतिक्रिया दिनुहोस