३३ केजी सुन काण्ड : ५ न्यायाधिशविरुद्ध कारबाही सिफारिस !

फाइल फोटो

काठमाडौँ, साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशविरुद्ध कारबाही सिफारिस गरिएको छ। उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत (विराटनगर)का तत्कालीन पाँच न्यायाधीशविरुद्ध कारबाही सिफारिस गरिएको हो।

न्याय परिषद्का एक पदाधिकारीले अन्नपूर्णसँग भने, ‘ प्रतिवेदनको पोको खोलियो। अध्ययन गर्दा दुई जनाको अवस्था गम्भीर खालकै छ । तीन जनालाई स्पष्टीकरण सोधेर केही न केही गर्नुपर्ने देखिएको छ । एकजनालाई सचेत गर्नुपर्ने हुनसक्छ । ‘

सुन तस्करीका अभियुक्तको सुनुवाइ प्रकरणमा संलग्न उच्च अदालत ९विराटनगर०का तत्कालीन मुख्य न्यायाधीश डा। कुलरत्न भूर्तेल, न्यायाधीहरू नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थीरबहादुर कार्की, उमेशराज पौडेल, उमेशकुमार सिंह, जनक पाण्डे र साधुराम सापकोटालाई परिषद्मा तानिएको थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा यम विरहीले लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया