२ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र १ हजार १ सय ७७ जना

फाइलफोटो

काठमाडौं, १७ असोज । पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २०४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ। यस अवधिमा मृतक थप ८ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ।

यस अवधिमा १२ हजार ९७८ जनाको पिसिआर परीक्षण भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया