२ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन, श्रीमानको ह’त्या गरी जापान भाग्न लागेकी सपना विमानस्थल प्र’काउ

२ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन नक्कली विवाह गरी एक युवकको ह’त्या गरेको आरोपमा प्रहरीले ६ जनालाई प’क्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीया सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षका सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, ३८ वर्षका दीपक केसी र २१ वर्षकी ललिता सापकोटा छन् । उनीहरुले बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको योजनावद्ध रुपमा ह’त्या गरेको प्रहरीको दाबी छ ।

प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार यो समूहले विकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै २१ वर्षीया सपना मल्लसँग नक्कली बिहे गरेको थियो । रिलायन्स इन्सुरेन्समा २ करोड ५० लाख रुपैयाँको जीवन बीमा गरी इच्छाइएको व्यक्तिमा मल्लको नाम राखेर बैंक खाता खोलेका थिए ।

२ वैशाख २०७८ मा बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृ’त्यु भएको भनियो । मोटरसाइकल चलाउने लाइसेन्स समेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएर मृ’त्यु भएको भनियो । सवारी दुर्घटनामा युवकको मृ’त्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरले सवारी ज्या’न मुद्दा चलायो । २५ माघ २०७८ माघमा अदालतले रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवानाको सजाय सुनायो ।

मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृ’त्यु दर्ता, दु’र्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स इन्सुरेन्सबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए । इन्सुरेन्सबाट आएको रकम ६ जनाको समूहले बाँडेर लिएको पाइएको प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार अयार्लको खातामा ८० लाख ३६ हजार, दिपकको खातामा ६० लाख, सपनाकी आमा छविकुमारी मल्लको खातामा १७ लाख ४६ हजार र सपनाको खातामा ४६ लाख ८९ हजार रुपैयाँ भेटिएको छ । ३ लाख ३ हजार पाँच सय एटीएम कार्डबाट निकालिएको पाइएको प्रहरीले जनाएको छ ।

मुख्य योजनाकार अर्याल हुन् भने बीमा एजेन्ट खाँको आयालसँगै पुरानै चिनजान थियो । विवाह गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर ललिताले मल्ललाई सञ्जीवसँग चिनजान गराएका थिए । सपनाको सजनसँग विवाह दर्ताका बेलामा मात्रै भेट भएकाले बिहे नक्कली भएको प्रमाणित हुने प्रहरीले बताएको छ ।-अन्नलाइन खबरबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया