२०७६ सालमा दशैँ असोज २१ गते, भाईटिका कार्तिक १२ परेको छ, आउनुहोस् जानौँ के-के कहिले परे !

फाइल फोटो

काठमाडौँ, आज २०७५ सालको चैत्र १ गते, अबको ३० दिन पछि बिक्रम सम्वत्को साल फेरिने छ । २०७६ सालको आगमन आइतबारको दिनबाट हुनेछ ।

यसैगरी, २०७६ सालको दशैंको टीका असोज महिनाको २१ गते परेको छ । १२ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं शुरु हुनेछ । १८ गते शनिबारको दिन फूलपाती रहेको छ भने २१ गते मंगलबार टीका र २६ गते आइतबार कोजाग्रत पूर्णिमा रहेको छ ।

तिहारको विषयमा कुरा गर्ने हो भने २०७६ सालमा भाइटीका र गोवर्धन पूजा कात्तिक १२ गते एकैदिन परेको छ ।

तोयानाथ पञ्चाङ्ग पात्रो अनुसार नागपञ्चमी र रक्षाबन्धन (जनैपूर्णिमा) क्रमश श्रावण महिनाको २० र ३० गते परेको छ भने महिलाहरुको महान चाड हरितालिका तीज भाद्र २६ गते परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया