काठमाडौँ, केहि समय एता बलात्कारको घटना कम भएता पनि यसको निर्मूल भने अझै भएको छैन । आज फेरी बलात्कारको अर्को घटना सार्बजनिक भएको छ । रौतहट गुजरा नगरपालिका–२ स्थित जंगलमा लगी एक किशोरीलाई तिन युवक मिलेर सामुहिक बलत्कार गरेका छन् ।
हिजो बिहिबार रौतहटकै गरुडा बजारबाट १४ बर्षिया किशोरीलाई फकाएर मोटरसाइकलमा राखी जंगलमा लगि जबरजस्ती करणी गर्दै गरेको अवस्थामा इलाका वन कार्यालय सिम्रीको गस्तीटोलीले देखेपछि युवकहरु भागेका थिए । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले घटनास्थलबाट ना ५४ प ६४६८ नम्बरको मोटरसाइकल, युवकहरुको कपडा, चप्पल बरामद गरेको छ ।
फराररहेका आरोपीहरुको पहिचान भएको र उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले बताएका छन् ।