पब्लिक आवाज /संवाददाता
१३ वर्षीय बालक सफ्टवेयर कम्पनीका मालिक हुन भन्दा जो कोही आश्चर्यमा पर्न सक्छ । अझ २ मिनेट भित्र कुनै पनि फेसबुक खाता ह्याक गर्न सक्ने ल्याकत राख्छन् भन्दा जिब्रो नटोक्ने कमै होलान् ।
तर भारतका आदित्यन राजेश युएईको सबैभन्दा कम उमेरका सफ्टवेयर डेभलपर र एक सफ्टवेयर कम्पनीका मालिक पनि हुन्।
यति मात्र हैन उनी साइबर सुरक्षामा रुचि राख्छन् र एक इथिकल ह्याकर पनि हुन् जो केही मिनेट भित्रै तपाईंको सामाजिक सञ्जालको एकाउन्ट र फोन ह्याक गर्न सक्छन् ।
नौ वर्षको उमेरमा उनले आफ्नो पहिलो मोबाइल एप बनाएका थिए । बिबिसी हिन्दीका स्थानिय पत्रकारले तयार पारेको यस भिडियोमा पुरा जानकारी हेर्नुहोस्
(बिबिसी हिन्दीको सहयोगमा)