काठमाडौँ, गत चैत्र २ गते घाँस काट्न भनेर खेतमा गएकी उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ घर भएकी १४ बर्षीय सुनिता रिजाल विगत ११ दिन देखि बेपत्ता छिन् ।
गहुँगोरो अनुहार, खैरो कपाल, अन्दाजी पाँच फिट उचाइ भएकी रिजाल अझै सम्म पनि सम्पर्कमा आएकी छैनन् । घरबाट केही तल रहेको सल्यानफाँटमा घाँस काट्न निस्केकी उनि अहिलेसम्म नफर्किएको स्थानीय टेकनारायण आचार्यले जानकारी दिएका छन् ।
उनका बावु महानन्द रिजालका अनुसार साँझ अबेरसम्म पनि घाँस लिएर घर नफर्केपछि उनलाई सबै तिर खोजी गर्दा पनि कतै पत्ता नलागेको हो । आफन्त, इष्टमित्र, गाउँ वरिपरि जताततै खोजतलास गर्दा पनि उनको कुनै अत्तो पत्तो नभएको बाबु महानन्दको भनाइ छ ।
यत्तिका दिन सम्म पनि उनि नभेटिए पछि सोमबार जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिएका छन् । सबै युनिटहरुबाट बालिकाको हुलियासहित खोजीकार्य भइरहेको प्रहरीलेल जनाएको छ ।