एजेन्सी, होली आउन अब केहि दिन मात्र बाँकी छ । मानिसहरुमा होलीलाई लिएर निकै उत्साह देखिन्छ । यस चाडमा मानिस विभिन्न थरिका रंगहरु एक-अर्कालाई दल्दै चाडको आनन्द लिन्छन् । तर यि रंगमा रहेका केमिकल्सले तपाइँको अनुहारको छाला मात्र नभएर तपाइँको कपाललाई पनि हानी पुर्याउँछ ।
प्राय मानिसहरु होलीको रंगमा रंगिने चाहाना हुँदा हुँदै पनि यहि हानीबाट सतर्क रहन रंगसंग खेल्दैनन् । तर चिन्ता नगर्नुहोस् आज हामी तपाइँलाई केहि यस्ता टिप्सहरु बताउन जाँदै छौँ जस पश्चात तपाइँ दिल खोलेर होली मनाउन सक्नु हुन्छ ।
- होली खेल्नु पुर्व आफ्नो कपाललाई स्कार्फले पुरै ढाक्नुहोस् । यसो गर्दा रंग तपाइँको कपालको जरा सम्म जानबाट जोगिन्छ । स्कार्फ हाल फेशनमा पनि भएको हुँदा यसले तपाइँलाई सुन्दर पनि देखाउँछ र तपाइँको कपालको सुरक्षा पनि गर्दछ ।
- होलि खेल्नु पूर्व कपालमा तेल लगाउनुहोस् । एक रात अघि नै तेल लगाएर मसाज गर्नु भयो भने निकै राम्रो हुन्छ । तेलले कपालमा प्रोटेक्टिभ लेयरको काम गर्दछ । जसले तपाइँको कपाललाई ड्यामेज हुन बाट बचाउँछ ।
- यदि तपाइँको स्काल्प सेन्सेटिभ छ भने तेलमा कागतीको रस मिलाएर लगाउनुहोस् । यसले तपाइँको स्काल्पमा कुनै पनि खालको इन्फेक्सन हुन दिँदैन ।
- पुरुषहरुको कपाल छोटो हुने भएर उनीहरुको कपालबाट सजिलै रंग निस्कन्छ भने महिलाको कपाल लामो हुने भएर उनीहरुको कपाललाई रंगले अधिक हानी पुर्याउँछ । त्यसैले लामो कपाल हेनहरुले आफ्नो कपाल बाँधेर नै राख्नु होला ।
- होली खेल्दा कपालमा कुनै पनि हेयर एसेसरिजको प्रयोग नगर्नु होला । किनकी रंगको कारण तपाइँको कपाल यसै पनि उल्जिएको हुन्छ र यसले तपाइँको कपाल टुट्ने खतरा हुन्छ ।
होली पश्चात कपालबाट रंग कसरी निकाल्ने :
- होलीमा तपाइँको कपालमा लागेको रंगलाई कहिल्यै पनि तातो पानीले नपखाल्नु होला । सधै चिसो या नर्मल पानीले आफ्नो कपाल पखाल्नु होला ।
- केमिकल श्याम्पूको साटो कुनै हर्बल श्याम्पूको प्रयोग गर्नु होला । कपालमा लागेको रंग विस्तारै विस्तारै सफा गर्नु होला । तयसको लागी औँलाको माध्यमबाट हल्का गरि कपाल मसाज गर्नु होला ।
- एलोभेरा जेलले आफ्नो कपाललाई मालिश गर्नुहोस् । १० देखि १५ मिनेट पश्चात कपाललाई पखाल्नुहोस् ।
- होलीको रंगले कपाल निकै रुखो र नराम्रो देखिन्छ । कपाललाई कोमल बनाउनको लागी हेयर स्पा गराउन सक्नु हुन्छ ।