हाम्रो पार्टीले सिंहदरबार कब्जा गर्ने हैसियत राख्छ : मुख्यमन्त्री राउत !

फाइल फोटो

काठमाडौँ, नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीचको औपचारिक एकता घोषणा सभामा बोल्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पार्टीले सिंहदरबार कब्जा गर्ने हैसियत राखेको बताएका छन् ।

उनले पार्टी नेतृत्व सक्षम र बौद्धिक भएकाले सिंहदरबार कब्जा गर्न आफूहरुलाई कुनै कठिनाइ नरहेको बताएका हुन् । साथै उनले समाजवादी पार्टी, नेपाल वैकल्पिक शक्ति मात्र नभएर एक नम्बरको पार्टी बन्ने दावी समेत गरेका छन् ।

उनले भने, ‘ नेकपा र काँग्रेस फेल भइसकेको पार्टी हो अब दुई नम्बरमा मात्र होइन सातवटै प्रदेशमा समाजवादी पार्टी सरकार बनाउने गरी अघि बढ्छ । ‘

यस पार्टी अबको विकल्प रहेको बताउँदै उनले भने, ‘ देशको अवस्था हेर्दा यी ठूला दलहरु गन्हाइसकेका छन् । काण्डै काण्डले थिचिसकेका छन् । त्यही भएर यो पार्टी नै अबको विकल्प हो । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया